पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल
काठमाडौं, २० साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा आज भएको मिर्गौला प्रत्यारोपण सफल भएको उनको निजी सचिवालयले जनाएको छ ।
नेता खनाल केही समय अघि देखि अपोलोमा डा अखिल मिश्रको निगरानीमा उपचार गराईरहेका थिए । सोही अस्पतालका डा सन्दीप गुलेरियाको टिमले आज मिर्गौला प्रत्यारोपण गरेको हो ।
खनालले अझै केही दिन अस्पतालमै आराम गर्नै नेपाल फर्कने योजना रहेको सचिवालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



