पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं, २० साउन ।  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा आज भएको मिर्गौला प्रत्यारोपण सफल भएको उनको निजी सचिवालयले जनाएको छ ।

नेता खनाल केही समय अघि देखि अपोलोमा डा अखिल मिश्रको निगरानीमा उपचार गराईरहेका थिए । सोही अस्पतालका डा सन्दीप गुलेरियाको टिमले आज मिर्गौला प्रत्यारोपण गरेको हो ।

खनालले अझै केही दिन अस्पतालमै आराम गर्नै नेपाल फर्कने योजना रहेको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *