भुटानले तीन लाख डोज एस्ट्राजेनेका खोप शनिबार पठाउँदै

596
Shares

काठमाडौँ, २० साउन । भुटानले नेपाललाई तीन लाख डोज कोभिडबिरुद्धको खोप ‘एस्ट्राजेनेका’ सहयोग गर्ने भएको छ । सहयोगमा पठाउन लागेको सो खोप आगामी शनिबार काठमाडौँ आइपुग्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भुटानले खोप आफ्नै ‘चार्टर फ्लाइट’बाट पठाउने छ । खोप आइसकेपछि भने दोस्रो डोज कोभिसिल्ड लगाउन रोकिएका ६५ बर्षमाथिका नागरिकलाई दिने योजना बनाएको छ ।

‘त्यो खोप आएपछि कम्तिमा काठमाडौँ उपत्यका र आसपासका जिल्लामा रहेका ६५ बर्ष माथिका नागरिकलाई कोभिसिल्डको दोस्रो डोज दिन सकिन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

भुटानले पठाउन लागेको खोप ‘एक्सापायर’ नजिकको भएकोले पनि आएपछि ढिलाई नगरी खोप दिने योजनामा मन्त्रालय रहेको छ ।

यसअघि कोभिसिल्डको पहिलो डोज लगाई दोस्रो लगाउन नपाएका ९ लाख बढी जेष्ठ नागरिक सहित १३ लाख ३८ हजार बढी नागरिकलाई जापानले पठाउने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोप दिने बताइएको थियो ।

तर खोप आउने टुंगो अझै लागेको छैन् । स्वास्थ्यका अधिकारीहरुले जारी ओलम्पिकका कारण ढिलाई भएको बताउँदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *