स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. आरपी विच्छालाई

7.1k
Shares

काठमाडौं, १९ साउन । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा आरपी बिच्छाले पाएका छन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. विच्छालाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा विच्छा कान्ति बाल अस्पतालको निर्देशक थिए ।

‘मैले केही वेर अघि नियुक्ती पत्र बुझेको छु । अब भोलिबाट विभागको जिम्मेवारी सम्हाल्ने तयारीमा लाग्छु ,’ सम्छिप्त प्रतिक्रिया दिदै विच्छाले भने ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२ औँ तहको पद हो । त्यहाँ डा दीपेन्द्ररमण सिंहले महानिर्देशक महानिर्देशकको रुपमा काम गर्दै आएका थिए ।

डा विच्छालाई निमित्त महानिर्देशक बनाएपछि डा सिंहलाई भने मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *