विशेषज्ञ चिकित्सकको लागि लाइसेन्स परीक्षा १७ र १८ भदौमा

224
Shares

काठमाडौँ, १२ साउन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षा (स्पेशल एक्जामिनेसन) आगामी १७ र १८ भदौमा गर्ने भएको छ ।

काउन्सिलले परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीले आगामी २ भदौसम्म आवेदन फारम भर्न सक्ने उल्लेख गरेको छ । उसले ३ र ४ भदौमा विलम्व शुल्क तिरेर समेत फारम बुझाउन सकिने उल्लेख गरेको छ ।

परीक्षाका लागि अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौविसै घण्टा खुल्ला रहने र परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा सञ्चालन हुने समेत बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *