विशेषज्ञ चिकित्सकको लागि लाइसेन्स परीक्षा १७ र १८ भदौमा

काठमाडौँ, १२ साउन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षा (स्पेशल एक्जामिनेसन) आगामी १७ र १८ भदौमा गर्ने भएको छ ।

काउन्सिलले परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीले आगामी २ भदौसम्म आवेदन फारम भर्न सक्ने उल्लेख गरेको छ । उसले ३ र ४ भदौमा विलम्व शुल्क तिरेर समेत फारम बुझाउन सकिने उल्लेख गरेको छ ।

परीक्षाका लागि अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौविसै घण्टा खुल्ला रहने र परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा सञ्चालन हुने समेत बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *