स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

3.4k
Shares

काठमाडौं, १० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीेले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् ।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठ शिक्षा व्यावसायी समेत हुन् । उनी लामो समय निजी विद्यालयहरुको संस्था प्याव्सन र निजी उच्च माविहरुको संस्था हिसानका अध्यक्ष समेत रहेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *