नवनियुक्त स्वास्थ्य सचिव डा. पोखरेलद्धारा पदवहाली

724
Shares

काठमाडौँ, ५ साउन । नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पदवहाली गरेका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा  एन्टीमाइक्रोवेल रेसिस्टेन्ट सम्बन्धी फाइलमा हस्ताक्षर गर्दै उनले पदवहाली गरेका हुन् । सो अवसरमा सचिव लक्षमण अर्यालले बधाई तथा शुभकामना दिएका थिए ।

पदबहाली पछि बोल्दै सचिव डा. पोखरेलले आफ्नो लक्ष्य कोभिड नियन्त्रणमा र उपचारमा केन्द्रित हुने बताए ।

उनले आगामि असोजसम्म ३२ प्रतिशत र चैत सम्ममा ७२ प्रतिशत जनतालाई कोभिड बिरुद्धको खोप लगाईसक्ने सरकारको योजनालाई पूरा गर्ने गरी अघि बढ्ने बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *