काठमाडौँमा करीव २० हजारले लगाए जोनसन एण्ड जोनसनको खोप

716
Shares

काठमाडौँ, ४ साउन । सरकारले आजबाट कोभिडविरुद्धको नयाँ खोप सुरु गरेको छ । अमेरिकाले कोभ्याक्स सुविधामा उपलव्ध गराएको जोनसन एण्ड जोनसनको खोप सुरु गरेको हो । यो खोप एक डोज लगाए पुग्छ ।

यो खोप आज काठमाडौँ उपत्यकाका तीन सहित काभ्रे , कास्की, तनहुँ, लमजुङ लगायतका जिल्लाहरुमा सुरु भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले पहिलो दिन सोमबार १९ हजार ६७१ जनाले लगाएको बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले १ लाख ४६ हजार ५२४ जनालाई खोप दिने लक्ष्य भएपनि पहिलो दिन १९ हजार ६७१ जना ( १३.४३ प्रतिशत)ले लगाएको बताए ।

५० देखि ५४ बर्ष उमेर समूह, अपांग, शरणार्थी, तथा सरसफाई कर्मचारीहरुलाई दिईने यो खोप लगाउनका लागि स्वास्थ्य कार्यालय काठमाडौँले ६ साउनसम्मको अवधी तोकेको छ ।

स्वास्थ्य प्रमुख खड्काले २७ हजार ८४० भाइल खोपमध्ये ३ हजार २५६ भाइल खोप प्रयोगमा आएको बताए ।

उनले खोप लगाउनका लागि जिल्लामा ४४ बढी खोप केन्द्र सञ्चालनमा ल्याइएको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *