चीनले नेपाललाई थप १६ लाख डोज ‘भेरोसेल’ अनुदानमा दिने

536
Shares

काठमाडौँ, १ साउन । चीनले नेपाललाई थप १६ लाख डोज कोभिडबिरुद्धको खोप भेरोसेल सहयोग गर्ने भएको छ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न शुक्रबार बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसो त निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्वोधन गर्दा चीनबाट थप १६ लाख डोज खोप अनुदानमा आउने बताएका थिए ।

चीनले यसअघि नै दुईपटक गरी १८ लाख डोज भेरोसेल खोप अनुदान दिईसकेको छ । योसंगै नेपालमा सबैभन्दा बढी अनुदानमा खोप सहयोग गर्ने देशहरुमा चीन अंग्रपंक्तिमा देखिएको छ ।

त्यसो त सरकारले यसअघि नै चीनबाट ४० लाख डोज खोप भेरोसेल खोप किनेको छ । त्यसको पहिलो खेप ८ लाख डोज नेपाल आइसकेको छ ।

तत्कालिन प्रधानमन्त्री ओलीले मंगलबारको सम्वोधनमा जोन्सन एण्ड जोन्सनबाट ६० लाख डोज, मोर्डनाबाट ४० लाख डोज, फाइजरबाट ४० लाख डोज र एस्ट्राजेनेकाबाट २० लाख डोज गरी कुल १ करोड ५० लाख खोप खरीद सम्झौँता भएको बताएका थिए ।

उनले भारतबाट ११ लाख अनुदान र १० लाख डोज कोभिसिल्ड खरीदबाट , चीनबाट १८ लाख अनुदान र ८ लाख डोज भेरोसेल, खरीदबाट, अमेरिकाले कोभ्याक्स सुविधाबाट १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप (जो एक डोज लगाए हुन्छ) आइसकेको बताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *