चीनले नेपाललाई थप १६ लाख डोज ‘भेरोसेल’ अनुदानमा दिने

काठमाडौँ, १ साउन । चीनले नेपाललाई थप १६ लाख डोज कोभिडबिरुद्धको खोप भेरोसेल सहयोग गर्ने भएको छ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न शुक्रबार बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसो त निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्वोधन गर्दा चीनबाट थप १६ लाख डोज खोप अनुदानमा आउने बताएका थिए ।

चीनले यसअघि नै दुईपटक गरी १८ लाख डोज भेरोसेल खोप अनुदान दिईसकेको छ । योसंगै नेपालमा सबैभन्दा बढी अनुदानमा खोप सहयोग गर्ने देशहरुमा चीन अंग्रपंक्तिमा देखिएको छ ।

त्यसो त सरकारले यसअघि नै चीनबाट ४० लाख डोज खोप भेरोसेल खोप किनेको छ । त्यसको पहिलो खेप ८ लाख डोज नेपाल आइसकेको छ ।

तत्कालिन प्रधानमन्त्री ओलीले मंगलबारको सम्वोधनमा जोन्सन एण्ड जोन्सनबाट ६० लाख डोज, मोर्डनाबाट ४० लाख डोज, फाइजरबाट ४० लाख डोज र एस्ट्राजेनेकाबाट २० लाख डोज गरी कुल १ करोड ५० लाख खोप खरीद सम्झौँता भएको बताएका थिए ।

उनले भारतबाट ११ लाख अनुदान र १० लाख डोज कोभिसिल्ड खरीदबाट , चीनबाट १८ लाख अनुदान र ८ लाख डोज भेरोसेल, खरीदबाट, अमेरिकाले कोभ्याक्स सुविधाबाट १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप (जो एक डोज लगाए हुन्छ) आइसकेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *