नयाँ स्वास्थ्य मन्त्री को ?

काठमाडौँ, ३० असार । कोरोना महामारीकाबीच प्रधानमन्त्री बनेका शेरबहादुर देउवा मंगलबार सानो आकारको मन्त्रिमण्डल गठन गर्दा स्वास्थ्य तथा जनसंख्याको जिम्मा कोही कसैलाई पक्कै दिनेछन् भन्ने धेरैको अपेक्षा थियो । तर, त्यसो हुन सकेन ।

मंगलबार देउवाले आफूसंगै गृहमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्र कार्की, उर्जामा पंम्फा भुसाल र अर्थमा जनार्दन शर्मालाई पद तथा गोपनियताको सपथ खुवाए ।

सपथपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पनि स्वास्थ्य संग सम्वन्धित विषयको निर्णय गर्‍यो ।  कोभिडबिरुद्धको अभियानमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई एक साता भित्र भत्ता दिने, आगामी चैत भित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप दिने, ओली सरकारले कोभिड रोकथाममा गरेका खर्चको लेखाजोखा गरी सार्वजनिक गर्ने लगायतका निर्णय गरेको थियो । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले गरेका यी निर्णयले पनि पहिलो प्राथमिकतामा स्वास्थ्य नै हो भन्न गाह्रो हुँदेन । तर, फेरी पनि प्राथमिकतामा स्वास्थ्य मन्त्री भने परेनन ।

स्वास्थ्य मन्त्रालय प्राथमिकतामा नपरेकै हो ?
‘होइन, छोटो शव्दमा भन्नुपर्दा यो यतिवेलाको बहुतै प्राथमिकतामा परेको मन्त्रालय हो । पहिलो रोजाईमा परेको मन्त्रालय हो । यो मन्त्रालयमा जानका लागि धेरै जनाले ईच्छा देखाएका कारण बरु देउवाले निर्णय लिन नसेको हो,’ नेपाली कांग्रेसका एक जना बरिष्ठ नेताले भने ।

उनले यतिवेला सरकारको सफलता वा असफलता कोरोना नियनत्रण, उपचार र व्यवस्थापनकै कार्यले देखिने भएकोले केही सोच विचार गरेको हुनसक्ने ठोकुवा गरे ।

अर्का एक जना नेताले भने भागवण्डा नमिलेका कारण पहिलो दिन मन्त्रिमण्डल गठन हुँदा स्वास्थ्य नपरेको टिप्पणी गरे । उनले भने, ‘ओली सरकार ढलाउन पाँच दलिय गठनबन्धन थियो । त्यसमा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने भएको छ अब बाँकी चार दललाई लिएर अघि बढ्नुपर्ने हुन्छ । स्वास्थ्यमा अरु दलले पनि ईच्छा जाहेर गरेकाले यसलाई राखिएको हो । सम्भवत आज बस्ने कार्यदलको बैठकले टुगो लगाउँछ ।’

को को छन् चर्चामा ?
देउवा प्रधानमन्त्री हुने वित्तिकै आम सर्वसाधारणको अनुमान स्वास्थ्यको जिम्मेवारी युवा सांसद गगन थापाले पाउँछन् भन्ने थियो । सर्वसाधारण मात्रै होइन कांग्रेस भित्रकै ठूलो हिस्सा पनि गगनको पक्षमा थियो ।

अघिल्लो पटक ‘सफल’ स्वास्थ्य मन्त्रीको रुपमा दहरिएका थापा कोरोना महामारीविरुद्ध लड्नका लागि उपयुक्त पात्र हुने भन्ने पार्टीपंक्ति र आम सर्वसाधारणको बुझाई थियो । थापा आफैले पनि स्वास्थ्यको जिम्मेवारी पाए राम्ररी निभाउने बताइसकेका थिए । तर, मंगलबार दिनभर यसको टुंगो लाग्न सकेन ।

मंगलबार कांंग्रेस भित्रै सुजातालाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य, प्रकाशमान सिंहलाई उपप्रधानसहित स्वास्थ्य दिन लागिएको भन्ने चर्चा पनि चल्यो तर अन्तिम निस्कर्ष निस्किएन । बरु अवेर राती स्वास्थ्यमा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव आफैले दावी गरेका छन् भन्ने चर्चा चलेको छ । ओली सरकारको पालामा उपप्रधान तथा स्वास्थ्यको अनुभव लिईसकेका यादवले फेरी पनि आफ्नो रोजाई स्वास्थ्य हो भनेपछि अड्किएको हो ।

‘अहिले माओवादीले स्वास्थ्य दावी गरेको छैन । जसपाले मात्रै स्वास्थ्यको दावी गरेको हो । उपेन्द्रलाई परराष्ट मन्त्रालय दिन खोजिएको पनि हो तर उनले स्वास्थ्यमा रुची देखाएका छन् । उनले इच्छा र रुची देखाए भने देउवाले नाई भन्न पनि मिल्दैन । त्यसैले रोकिएको हो,’ एक जना कांग्रेस नेताले भने ।

यता  जसपाले भने तत्कालै पार्टीमा नजाने निर्णय गरेको छ । यदि चर्चामा आए अनुसार उपेन्द्रको ईच्छा स्वास्थ्यमा हो भने स्वास्थ्य मन्त्री पाउन अझै केही दिन कुर्नुपर्ने देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *