नेपाल मधुमेही समाज र लायन्स इन्टरनेशनलबीच सहकार्य गर्नेबारे छलफल

काठमाडौँ, ५ भदौ । नेपाल मधुमेही समाज र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट३२५ एफबीच सहकार्य गर्नेबारे छलफल भएको छ ।
बिहीबार समाजको कार्यलयमा भएको बैठकमा लायन्सका तर्फबाट मधुमेही समाजको भवन निर्माणका विषय र समाजले सञ्चालन गर्दै आएको डायविटिज ट्रिटमेन्ट कम रिसर्च सेन्टरलाई सहयोग गर्ने बारे छलफल भएको थियो ।
बैठक पछि बोल्दै समाजका अध्यक्ष शिव श्रेष्ठले दुई वटा विषयमा मुख्य छलफल भएको बताए । ‘हामीले अहिले आफ्नै भवनका लागि सहयोग जुटाउँदै छौँ । त्यसमा लाइन्सले के कसरी सहकार्य गर्न सक्छ भन्ने विषयमा छलफल भयो । यस्तै हाम्रो संस्थाबाटै डायविटिज ट्रिटमेन्ट कम रिसर्च सेन्टरको जो परियोजना अघि बढी रहेको छ त्यसमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि लायन्सका प्रतिनिधिहरुले छलफल गर्नु भएको थियो’ अध्यक्ष श्रेष्ठले भने ।
समाजका यसयसकर सदस्य समेत रहेका लायन्सका सेकेण्ड भाइस गर्भनर किशोरभक्त श्रेष्ठले सामाजिक संघ संस्था तथा सेवाका लागि लायन्सले सहयोग गर्दै आईरहेको भन्दै मधुमेही समाजसंग पनि विभिन्न परियोजनामा सहकार्य र सहयोग गर्न खोजेको बताए । उनले समाजसंग दुईवटा परियोजनामा सहकार्य र सहयोग गर्ने विषयमा सकारात्मक रुपमा वैठक टुंगिएको बताए ।
बैठकमा लायन्सका पूर्व गर्भनर रुद्रहरि ज्ञवाली, यता समाजका तर्फबाट उपाध्यक्ष उर्मिला श्रेष्ठ, महासचिव विजय लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष किरणनाथ प्याकुरेल लगायतको सहभागिता थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




