आयुर्वेद चिकित्सा परिषदको रजिष्ट्रार पदमा अर्याल

काठमाडौँ, ५ भदौ । आयुर्वेद चिकित्सा परिषद्को रजिष्ट्रार पदमा हरिशरण अर्याल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताको सिफारिसमा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई रजिष्ट्रार पदमा नियुक्त गरेको हो ।

परिषद्मा यसअघि डा सिद्धार्थकुमार ठाकुर अध्यक्ष पदमा नियुक्त भईसकेका छन् ।

नव नियुक्त रजिष्ट्रार अर्यालले आजै स्वास्थ्य मन्त्री मेहतासंग पद तथा गोपनियताको सपथ लिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *