कोरोना संक्रमितको उपचारमा प्रयोग हुने थप ३०० भाइल ‘टोसिलिजुमाव इन्जेक्सन’ काठमाडौँ आइपुग्यो

864
Shares

काठमाडौँ, २६ असार । कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ (औषधि) को दोस्रो खेप काठमाडौँ आइपुगेको छ । यतिकेम डिस्ट्रिव्युटर प्रालिले शनिबार दोस्रो खेपको रुपमा थप ३०० भाइल टोसिलिजुमाव इन्जेक्सन (औषधि) काठमाडौँ ल्याई पुर्‍याएको हो ।

बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो इन्जेक्सनको प्रति भाइल मूल्य औषधि व्यवस्था विभागले  ५९ हजार ८५० रुपैयाँ तोकेको छ ।

यतिकेमका प्रमुख प्रभुराज बैद्यले इन्जेक्सन लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरेर आएमा प्राप्त हुने बताए । उनले विभागले तोकेको मूल्यमा टोसिलिजुमाव उपलव्ध हुने समेत जानकारी दिए ।

यसअघि  औषधि व्यवस्था विभागले यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव ल्याउन अनुमति दिएको थियो । सो अनुसार यतिकेमले पहिलो खेप गत १४ जेठमै ५०० भाइल ल्याएको थियो । बाँकी भाइलहरु क्रमश ल्याइने बैद्यले बताए ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *