डा. शान्तकुमार दास त्रिवि शिक्षण अस्पतालको उपनिर्देशक पदमा नियुक्त

6.9k
Shares
सहप्राध्यापक डा. शान्तकुमार दास

काठमाडौँ, २२ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशक पदमा सहप्राध्यापक डा शान्तकुमार दास नियुक्त भएका छन् ।

शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेको सिफारिसमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले सहप्राध्यापक दासलाई सोमबार उपनिर्देशक पदमा नियुक्त गरेकी हुन् ।

सहप्राडा  दासको कार्यकाल दुई बर्षको हुनेछ ।

सहप्राडा दास पछिल्लो समय शिक्षण अस्पतालको कोभिड युनिट इन्चार्ज थिए ।

‘अब कोभिडको केस अलि मत्थर हुँदै गएको छ । यहिबेला यता नयाँ जिम्मेवारी पाएको छु । सोमबार नियुक्ती पत्र बुझेको छु । अस्पतालको सेवा सुधार गर्न आफ्नो तर्फबाट थप कोशिश गर्नेछु,’ सहप्राडा दासले भने ।

त्रिवि शिक्षण अस्पतालमा दुईवटा उपनिर्देशक पद रहेका छन् ।

एउटा पदमा भने यसअघि नै प्राडा सुवासप्रसाद आचार्य नियुक्त गरिईसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *