शुक्रबार देशभर २४७६ जना कोरोना संक्रमित थपिए, ५४५५ जना निको भए


काठमाडौँ, ११ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ५ हजार ४ सय ५५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट निको हुने दर ९१. ३ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ९ हजार ८७६ जनाको पीसीआर र ४ हजार ७६५ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ३५१ जनाको कोभिड(१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ४७६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३०८ , भक्तपुरमा ४३ र ललितपुरमा ७६ जना गरी काठमाडौँ उपत्यकामा ४२७ जना थपिएका छन् ।

देशभरका कोरोना अस्पतालका आइसीयूमा ७१४ र भेन्टीलेटरमा २०१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २७ जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९४५ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *