पछिल्लो २४ घण्टमा थप २४७४ जनामा कोरोना संक्रमण, २५१८ जना डिस्चार्ज


काठमाडौँ, १० असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप २ हजार ५ सय १८ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ७ हजार २३५ जनाको पीसीआर र ४ हजार ९९७ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार २३२ जनाको कोभिड-१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ४७४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा २३४ , भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना गरी काठमाडौँ उपत्यकामा ३३५ जना थपिएका छन् ।

देशभरका कोरोना अस्पतालका आइसीयूमा ७३६ र भेन्टीलेटरमा २०७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २४ जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *