पछिल्लो २४ घण्टमा थप २४२१ जनामा कोरोना संक्रमण, ३५५८ जना डिस्चार्ज


काठमाडौँ, ९ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ५ सय ५८ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार ७ हजार ४६१ जनाको पीसीआर र ४ हजार ९५३ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ४१४ जनाको कोभिड(१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ४२१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३४६ , भक्तपुरमा ५७ र ललितपुरमा ९४ जना गरी काठमाडौँ उपत्यकामा ४९७ जना थपिएका छन् । यी संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० पुगेको छ।

त्यसैगरी आज थप ५२ जना र यसअघि विभिन्न समयमा कोरोनाका कारण मृत्यु भएका तर तथ्यांकमा नदेखिएको थप २९ जना गरी थप ८१ जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ८९४ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *