शुक्रबार थपिए २७६८ जना कोरोना संक्रमित, ४०२० जना निको भए


काठमाडौँ, ४ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ७ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ४ हजार २० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको दर ८९ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ७ हजार ५ सय ६९ जनाको पीसीआर र ५ हजार ४ सय ६८ जनाको एन्टीजेन विधिबाट गरी कुल १३ हजार ३७ जनाको कोभिड९ १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ७ सय ६८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३९४ , भक्तपुरमा ५४ र ललितपुरमा ६० जना गरी काठमाडौँ उपत्यकामा ५०८ जना थपिएका छन्।

त्यसैगरी आज थप ४४ जना संक्रमितले ज्यान गुमाएका छन् । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ८७२ र भेन्टीलेटरमा २४६ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *