पछिल्लो २४ घण्टामा ५१४७ जना कोरोनामुक्त भए, २९१८ संक्रमित थपिए


काठमाडौँ, ३१ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ९ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ५ हजार १ सय ४७ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको दर ८७.८ प्रतिशत रहेको छ । त्यसैगरी आज थप ५३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ९ हजार ४३८ जनाको पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ८१९ जनाको कोभिड- १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ९ सय १८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३९६ , भक्तपुरमा ६६ र ललितपुरमा १४५ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ७ जना थपिएका छन्।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ९९५ जना र भेन्टीलेटरमा ३२४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *