पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोनामुक्त भए, २४०७ संक्रमित थपिए

काठमाडौँ, ३० जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ३ हजार ९ सय ९४ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले आइतबार दिएको जानकारी अनुसार चौविस घण्टामा थप ७ हजार ५१७ जनाको पीसीआर र ४ हजार ८८९ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ४०६ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ४ सय ७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ४८३ , भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ५३ जना थपिएका छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार १ सय जना र भेन्टीलेटरमा ३४७ जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा पौडेलले जानकारी गराए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *