देशभर आज ५२२५ जना कोरोनामुक्त भए, ३७५० संक्रमित थपिए


काठमाडौँ, २८ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ५ हजार २ सय २५ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ६७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ९ हजार ५९८ जनाको पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट गरी कुल १५ हजार १८२ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ३ हजार ७ सय ५० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ९२१ , भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना गरी काठमाडौँ उपत्यकामा १ सय १३९ जना थपिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा१ हजार १८९ जना र भेन्टीलेटरमा ३६६ जना संक्रमित उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *