कोरोना अपडेट : देशभर आज ५२९३ जना कोरोनामुक्त, ३७४९ संक्रमित

काठमाडौँ, २७ जेठ । कोरोना संक्रमण घटने र संक्रमणमा परेकाहरु निको हुने दर बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार विहीबार १५ हजार २३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७४९ जना ( २४.६० प्रतिशत) मात्रै पोजेटिभ देखिएको छ ।

मन्त्रालयले विहीबार ५ हजार २९३ जना कोरोना मुक्त भएको जानकारी दिएको छ । तर संक्रमणमा परेका थप ५९ जनाले भने ज्यान गुमाएको विहीबारको रिपोर्टमा उल्लेख छ ।

मन्त्रालयले गत चौविस घण्टामा ९ हजार ९०१ जना पीसीआर र ५ हजार३३७ जनाको एन्टीजेन विधिबाट परीक्षण भएको र त्यसमा २ हजार ८७४ जनाको पीसीआरमा र ८७५ जनाको एन्टीजेनबाट पोजेटिभ आएको उल्लेख गरेको छ ।

झण्डै ६ साता लामो लकडाउन पछि संक्रमण र मृत्युदर घटदोक्रममा र निको हुने क्रम बढ्दो क्रममा देखिएको हो ।

यसैबीच काठमाडौँमा ५४० जना, ललितपुरमा १२५ जना र भक्तपुरमा ९९ जना गरी उपत्यकामा आज ७६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो विवरण अनुसार देशभर कोरोनाबाट ८ हजार २३८ जनाको निधन भएको छ । आज निको हुने दर ८५.७ प्रतिशत पुगेको छ । अहिलेसम्म ५ लाख १५ हजार ५९१ जना कोरोना जितेका छन् ।

कुल पोजेटिभ केशको संख्या भने पीसीआरबाट ६ लाख १ हजार ६८७ जना र एन्टीजेनबाट १७ हजार ७१४ जना गरी कुल ६ लाख १९ हजार ४०१ जना पुगेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *