देशभर थप ३४७९ जनामा कोरोना संक्रमण, ६६३६ जना संक्रमणमुक्त

 

काठमाडौँ, २३ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ३ हजार ४४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ६ हजार ६ सय ३६ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ९९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७३१ , भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना गरी थप १ हजार १३१ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले आइतबार दिएको जानकारी अनुसार चौविस घण्टामा थप १० हजार ४ सय ७१ जनाको पीसीआर र ३ हजार २ सय ३६ जनाको एन्टीजेन विधिबाट जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ३ हजार ४ सय ७९ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ४ सय ४२ जना उपचाररत रहेको प्रबक्ता डा पौडेलले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *