कोरोना संक्रमणबाट भएको कुल मृत्यु : ६० बर्ष माथिका ५५ प्रतिशत

काठमाडौँ, ६ जेठ । कोरोना संक्रमणमा परी देशभर अहिलेसम्म कुल ५ हजार ८४७ जनाको ज्यान गएको छ । आज मात्रै देशभर १९० जना र काठमाडौँ उपत्यकामा मात्रै ७७ जनाले ज्यान गुमाएका छन् ।

यसरी कोरोनाबाट ज्यान गुमाउनेहरुमा बालबालिका देखि बृद्धबृद्धा सम्म रहेका छन् । अहिलेसम्म मृत्यु भएकामध्ये सबैभन्दा बढी ६० बर्ष माथिका रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु भएकामध्ये ६० बर्ष माथिका ३ हजार २१९ जना (५५.०५ प्रतिशत) रहेको छ । यस्तै कोरोनबाट नौ बर्ष मुनिका ३० जना बालबालिकाको ज्यान गएको छ ।

१० देखि १९ बर्ष मुनिका ३२ जनाले पनि कोभिडबाट ज्यान गुमाएका छन् । २० देखि २९ बर्षका १६३ जना, ३० देखि ३९ बर्ष उमेरका ४९२ जना, ४० देखि ४९ बर्ष उमेरका ८२० जना र ५० देखि ५९ बर्ष उमेर समूहका १ हजार ९१ जनाले कोरोना संक्रमणमा परि ज्यान गुमाएका छन् ।

कोरोनाको दोस्रो लहर चलेपछि नेपालमा भारतीय भेरियन्ट खतरनाक रुपमा फैलिएको छ । चिकित्सकहरुले यसको संक्रमण दर र गम्भीर बनाउने दर यसअघिका भेरियन्ट भन्दा बढी रहेको बताएका छन् । पछिल्ला साताहरुमा नेपालमा संक्रमण र मृत्युदर निकै माथि रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *