नेपाली नर्स तथा मिडवाइफलाई ३० हजार डलरको अन्तराष्ट्र्रिय अवार्डका लागि प्रतिस्पर्धा गर्ने अवसर

काठमाडौँ, २० बैशाख ।  नेपाली नर्स तथा मिडवाइफलाई ३० हजार डलरको अन्तराष्ट्रिय अवार्डका लागि प्रतिस्पर्धा गर्ने अवसर जुटेको छ । थाईल्याण्डको प्रिन्सेस सृनागारारिन्द्र अवार्ड २०२१ का लागि नेपाली नर्स तथा मिडवाइफलाई प्रतिस्पर्धा गर्ने अवसर खुलेको हो ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अवार्डमा प्रतिस्पर्धाका लागि १५ दिन भित्र आफ्नो महाशाखाको इमेलमा आवश्यक काजगात पेश गर्न सूचना निकालेको छ । तर यो सूचना निकालेको एक साता भइसकेको छ ।

सूचनामा नेपालमा नर्सिङ, मिडवाइफ्री तथा सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुरयाउने एक जना नर्स वा रजिष्टर्ड मिवडाईफ वा रजिष्टर्ड नर्स मिडवाइफको एउटा समूहले भाग लिन सक्ने बताइएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *