स्वास्थ्य मन्त्री त्रिपाठी भन्छन् – ‘कोभिड १९ को उपचार गर्नबाट सरकार पछि हटेको छैन्’ (भिडियो)

काठमाडौँ, १८ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड -१९ को उपचारबाट सरकार पछि नहटने स्पष्ट पारेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तीले केही भ्रम सिर्जना गरेको भन्दै मन्त्री त्रिपाठीले उपचारबाट पछि नहटने स्पष्ट पारेका हुन् ।

केही बेर अघि आफ्नो फेसबुकबाट भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले आम सर्वसाधारणलाई नआत्तिन र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । उनले आइतबार मात्रै उपत्यकामा थप १ हजार बेड कोभिड -१९ को उपचारका लागि थपिने र एक दुई दिन भित्रै जीवनदायी ठानिएका औषधि आइपुग्ने भन्दै नआत्तिन आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

https://www.youtube.com/watch?v=PeEBCaSuSig

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *