स्वास्थ्यले भन्यो, ‘कोरोनाको संक्रमण स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी बढ्यो’

काठमाडौँ, १७ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको दोस्रो लहर उपलव्ध स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी बढेको बताएको छ । उसले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलव्ध गराउन नसकिने भईसकेको भन्दै आम जनतालाई थप सम्वेदनशील हुन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा अति प्रभावित जिल्लाहरु ( मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर)मा संक्रमण फैलने दर डरलाग्दो गरी बढी उल्लेख छ ।

विज्ञप्तीमा संक्रमण्को रोकथामका लागि जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने कार्य गर्न समेत अपिल गरिएको छ ।

यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन, कुनै पनि सार्वजनिक स्थलमा जाने भिडभाड गर्ने काम नगर्न समेत आग्रह गरेको छ ।

पछिल्लो साता देशमा कोभिड १९ को संक्रमण र त्यसबाट मृत्यु हुने दर ह्वात्तै बढेको छ । सरकारले संक्रमणको चेन ब्रेक गर्न बढी प्रभावित जिज्लाहरुमा लकडाउन आव्हान गरेको छ ।

मन्त्रालयले जारी गरेको अपिल यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *