एकैदिन थप ४९२८ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

1.1k
Shares

 

काठमाडौँ, १६ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा थप ३५ जना संक्रमितकामृत्यु भएको छ । मृतकको संख्या अहिलेसम्मकै उच्च हो । थप ८ सय ८८ जना भने निको भई डिस्चार्ज भएका छन् । अहिले निको हुने दर ८८.२ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार १२ हजार ५ सय ९७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ४ हजार ८ सय ३१ जना र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जना गरी थप ४ हजार ९ सय २८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना गरी १ हजार ५६१ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ७ पुगेको छ । क्वारेनटीनमा ५९ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ३३७ र भेन्टीलेटरमा १०७ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *