काठमाडौँ उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि निषेधाज्ञा

1.0k
Shares

काठमाडौँ, १३ बैशाख । स्थानीय प्रशासनले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आगामी बैशाख १६ गते (बिहीबार) राति १२ बजेदेखि कम्तीमा एक साताका लागि निषेधाज्ञा लागू गर्ने भएको छ ।

सोमबार उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रमुख अधिकारीहरुको  बैठकले एक साता निषेध आदेश लागू गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा एक हप्ता निषेधाज्ञा लागु गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ ।

उनले  उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि जानकारी दिए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने तयारी गरिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *