भारत : उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण

132
Shares

भारत । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ कोरोना संक्रमणमा परेका छन् । कोरोना भाइरसबिरुद्धको पहिलो डोज खोप लिएको ९ दिन पछि उनी संक्रमणमा परेका हुन् ।

बुधबार उनले आफै ट्वीट गरी आफूलाई संक्रमण भएको बताएका छन् । योगीले लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिडको जाँच गराएँ र मेरो रिपोर्ट पोजेटिभ आयो । म सेल्फ आइसोलेसनमा छु र चिकित्सकसंग परामर्शमा रहेको छु । सबै कामहरु भर्च्युअललि गरिरहेको छु ।’

उनले योबीचमा आफूसंग सम्पर्कमा आएकाहरुले परीक्षण गराउन समेत भनेका छन् ।

यसअघि उनले मंगलबार सामाजिक सन्जालमै आफ्नो कार्यालयको केही कर्मचारीहरु संक्रमित भएको उल्लेख गरेका थिए ।

यसैबीच बुधबार नै समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व मुख्यमन्त्री अखिलेश यादव पनि कोरोना संक्रमण परेका छन् ।

उनले पनि बुधबार विहानै ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनी केही दिन अघि कुम्भ मेलामा सहभागी भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *