तत्काल ‘लकडाउन’ गर्ने योजनामा छैनौं : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौँ, २४ चैत ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार तत्काल लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले महामारी नियन्त्रणका लागि सरकारले अरु सबै विकल्प चाल्न तयार रहेको भन्दै तत्काल लकडाउन गर्ने मनस्थितिमा नहरेको स्पष्ट पारेका हुन् ।

‘भारत बंगलादेशमा देखिएको नयाँ लहरले नेपालमा पनि केश बढ्लाकि जस्तो देखिएको छ त्यसैले सतर्क त हुनै प¥यो तर आत्तिई हाल्नुपर्ने अवस्था होइन । र हामीले अहिले लकडाउन गर्ने मुडमा पनि छैनौँ । त्यसका विकल्पमा हुनसक्ने सबै उपाय अवलम्बन गर्ने गरी सरकार तयारीमा जुटेको छ,’ मन्त्री त्रिपाठीले भने ।

उनले कोभिडबिरुद्धको खोपको प्रसंग निकाल्दै त्यसलाई आवश्यकता र आपूर्ति अनुसार प्राथमिकता दिएर अघि बढाइएको बताए । ‘पहिले भारतबाट सहयोगमा आयो, पछि चीनले पनि दियो । त्यसैबीचमा कोभ्याक्स सुविधा र नेपाल सरकारले खरीद गरेको खोप पनि आइपुग्यो र केहीलाई हामीले पहिलो चरणको खोप लगाउन सफल भयौँ । बाँकी जनताका लागि पनि हामीले छिटै नै खोप लगाउने योजनामा छौँ,’ उनले भने ।

उनले पहिलो पटक देखा पर्दापनि कोरोना नियन्त्रणमा राम्रो प्रयास भएको भन्दै अव फेरी अर्को लहर आयो भने पनि सहज ढंगले नियन्त्रणमा लिइने ठोकुवा गरे । ‘किनभने यसपटक हामीसंग अनुभव पनि त छ,’ उनले कारण खुलाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *