भारतमा कोरोना : पछिल्लो चौविस घण्टामा नयाँ संक्रमित ६८ हजार बढी

168
Shares

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो चौविस घण्टामा देशभर ६८ हजार २० जना नयाँ संक्रमित फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणमा परेका २९१ जनाको ज्यान गएको छ ।

यो संगै देशमा कुल संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार ६४४ पुगेको छ । भारतमा कोरोना बिरुद्धको खोप अभियानलाई पनि तिब्रता दिईएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ६ करोड ५ लाख ३० हजार ४३५ जनाले पहिलो डोज खोप लगाएका छन् ।

अचम्म लाग्दो कुरा के छ भने देशभर अहिले देखिएको कोरोनाको सक्रिय केशमध्ये ८० प्रतिशत ५ राज्यमा देखिएको छ । ती राज्यहरु महाराष्ट्र, पञ्जाव, कर्नाटक, छत्तिसगढ, केरल हुन् । मन्त्रालयका अनुसार महाराष्ट्र पञ्जाव, कर्नाटक, केरल, तमिलनाडु, मध्येप्रदेश, गुजरात र छत्तिसगढ राज्यमा सर्वाविधिक कोरोना केश देखिएको छ । यतिवेला यी राज्यमा मात्रै करीब ८४.५ प्रतिशत कोरोना केश देखिएको छ ।

केश बढेसंग बढी प्रभावित राज्यहरुले लकडाउन तथा रात्रीकालिन कर्फ्यु, स्कुल कलेज बन्द, यातायात बन्द लगायतका सुरक्षात्मक योजना अघि सारेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *