स्वास्थ्य मन्त्रालयले निकाल्यो तीनवटा प्रतिष्ठानको उपकुलपति पदमा आवेदन गर्नेको ‘सर्टलिष्ट’, को को परे ?

2.8k
Shares

काठमाडौँ, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन प्रतिष्ठानको उपकुलपतिको सिफारिसका लागि उम्मेदवारको प्रारम्भिक सूची (सर्टलिष्ट) प्रकाशन गरेको छ । मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि आवेदन दिएका २१ मध्ये १३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य प्रतिष्ठानमा आवेदन दिएका १२ -१२ जनामध्ये ९-९ जनाको नाम निकालेको हो ।

योग्यता, अनभव तथा व्यवसायिक कार्य योजनासमेतको प्रारम्भिक छानविनका आधारमा नामावली सिफारिस गर्नका लागि प्रारम्भिक सूची प्रकाशन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपकुलपति नियुक्तिको लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएको छ । मन्त्रालयले उपकुलपति पदका लागि फागुन २४ गते आवेदन खुलाएको थियो ।

कार्यविधि अनुसार मान्यता प्राप्त शैक्षिक संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, कम्तिमा प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा एघारौँ तह वा सो सरह काम गरेको व्यक्तिले उपकुलपतिको लागि आवेदन दिन सक्नेछन् । ३५ वर्ष ननाघेको व्यक्ति आवेदन दिनका लागि योग्य हुने छैनन् । सिफारिस समितिको बैठक आज बसेको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *