पहिलो चरणमा खोप लिएकाहरुलाई ७ देखि ११ बैशाखसम्म दोस्रो मात्रा खोप दिईने

काठमाडौँ, ४ चैत ।  पहिलो प्राथमिकतामा परि कोभिडबिरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुले दोस्रो मात्रा लगाउने समय आगामी ७ देखि ११ बैशाखका लागि तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राज्यमन्त्री नवराज रावतको उपस्थितिमा आज बसेको आइसीएस कमाण्डको बैठकबाट पहिलो मात्रा खोप दिने कार्यक्रम भने तत्कालका लागि रोकिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप खोप नआउँदासम्म पहिलो मात्रा खोप दिने कार्यक्रम स्थगित भएको बताए । उनले १४ माघ देखि १० फागनु सम्म खोप पहिलो मात्रा खोप लगाएकाहरुले आगामी ७ देखि ११ बैशाखसम्म दोस्रो मात्रा दिने निर्णय भएको बताए । २३ फागुन देखि ३ चैतसम्म खोप लगाएकाहरुको दोस्रो मात्रा लगाउने मिति पछि तय गरिने निर्णय भएको जानकारी दिए ।

सरकारले दुई चरणमा शुरु गरेको खोप अभियानमा १६ लाख ४४ हजार बढी नेपालीले खोप लगाएका छन् ।

सरकारसंग खरीद र अनुदानको गरी अहिलेसम्म २३ लाख ४८ हजार डोज खोप आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *