कोरोनाबिरुद्धको खोप : ६० बर्ष माथिकालाई खोप दिने योजना अझै टुंगो लागेन
काठमाडौँ २ चैत । अहिले ६५ बर्ष माथि जेष्ठ नागरिकलाई कोभिड – १९ बिरुद्धको खोप दिईरहेको सरकारले आगामी ४ चैत (पर्सी) देखि ६० बर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएको थियो । तर यतिवेलासम्म मन्त्रालयका अधिकारीहरु पर्सी देखिको कार्यक्रम निरन्तर हुन्छ कि हुन्न भन्नेबारेमा निश्चिन्त भईसकेका छैनन् ।
योजना अनुसार तोकिएको समयमा तोकिएको मात्राको खोप आईनपुगेपछि उनीहरुले पर्सि देखि शुरु हुने भनिएको अभियानको बारेमा अनिश्चितता प्रकट गरेका हुन् ।
‘हामीले पर्सी देखि नै ६० बर्ष माथिका व्यक्तिहरुलाई खोप दिने भनेका थियौँ । तर सेरम इन्स्टिच्युटले पठाउने भनेर खरीद सम्झौँता नै गरिसकेको २० लाख डोजमध्येको १० लाख डोज कोभिसिल्ड आईपुगेको छैन् । त्यसैले यो कार्यक्रम एक साता पछि धकेलिन पनि सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सेरमबाट खोप आउने तर केही समय लाग्ने संकेत गरे । ‘खोप आउँछ, तर हामीले भनेकै समयमा भनेको मात्रा पाउँन गाह्रो छ । किनभने संसारका अन्य देशहरुले पहिले नै पैसा पठाएर बुकिङ गरेको खोप उनीहरुले पठाउन सकिरहेको रहेनछ,’ उनले भने ।
सरकारले यसअघि २३ फागुन देखि नै ५५ बर्ष माथिका व्यक्तिलाई कोभिडबिरुद्ध खोप दिने बताएको थियो । त्यसबेला पनि पर्याप्त मात्रामा खोप आई नसकेको भन्दै अन्तिम समयमा उमेर हदलाई ५५ बाट बढाएर ६५ पु¥याएको थियो ।
त्यसो त सरकारले सेरमबाटै थप ५० लाख खोप खरीद गर्ने योजना अघि बढाईसकेको बताएको छ । तर त्यो खोप कहिले आउँछ भन्ने अहिल्यै भन्न सकिने अवस्था भने छैन् ।
भारत सरकारले १० लाख डोज कोभिसिल्ड अनुदानमा उपलव्ध गराएपछि १४ माघ देखि खोप अभियान सुरु गरेको सरकारले अहिले दोस्रो प्राथमिकताको पहिलो चरण अन्तरगर्त ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिदै आएको छ । यो कार्यक्रम भोलिसम्म चल्ने बताइएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com