निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी सेवा

काठमाडौँ, ५ भदौ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ ।
विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ ।
अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछन् ।
उनका अनुसार, निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रुपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



