भारतमा फेरी बढ्यो कोरोना, शनिबार थपिए यो बर्षकै सबैभन्दा बढी संक्रमित

नयाँदिल्ली, १ चैत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन । योसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ३३ हजार ७२८ पुगेको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शनिबार सङ्क्रमितहरुको सङ्ख्या गत ८३ दिनपछिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि योभन्दा धेरै गत डिसेम्बर २० तारिखमा २६ हजार ६२४ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म एक लाख ५८ हजार ४४६ जनाको मृत्यु भएको छ । तीमध्ये १४० जनाको शनिबार बिहान ८ बजेभन्दा अगाडि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले दुई लाख दुई हजार २२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ९६।८२ प्रतिशत रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *