आज देशभर १ लाख ६५ हजार बढीले कोभिडबिरुद्धको खोप लगाए

तनहुँको व्यास नगरपालिका १ चारकुनेमा ८६ वर्षीया कमलामाया तिवारीलाई कोभिड १९ विरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिरः सानेबहादुर नेपाली-रासस

काठमाडौँ, २३ फागुन । कोभिड १९ बिरुद्धको खोप अभियान अन्तरगतको दोस्रो चरणको पहिलो दिन आज १ लाख ६५ हजार ४२८ जनाले खोप लगाएका छन् । सरकारले आजबाट ६५ बर्ष माथिका जेष्ठ नागरिक र यसअघि छुटेका स्वास्थ्यकर्मीहरुले खोप दिने व्यवस्था मिलाएको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्त खोप शाखाका प्रमुख डा झलक गौतमले दोस्रो प्राथमिकताको पहिलो चरण आजबाट शुरु भएको भन्दै पहिलो दिन १ लाख ६५ हजार ४२८ जनाले खोप लगाएको बताए । उनले आज ३७४ वटा पालिकाका २ हजार ४१९ वटा खोप केन्द्र सञ्चालनमा आएको बताए ।

डा गौतमका अनुसार ६५ बर्ष माथिका जेष्ठ नागरिकको संख्या १६ लाख बढी रहेको छ । करीब १० दिन भित्र यो संख्यालाई खोप लगाईसकेपछि ५५ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने स्वास्थ्य मन्त्रालयको योजना छ ।

यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, परराष्टमन्त्री प्रदीप ज्ञवाली लगायतले खोप लगाएका छन् ।

यो संगै देशभर आजसम्म ६ लाख ४ हजार २६७ जना नेपालीले पहिलो डोज खोप लगाइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *