खोप आउन ढिलाई हुँदा दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ बर्ष माथिका परे

काठमाडौँ, २१ फागुन । सरकारले आगामी २३ फागुन देखि शुरु गर्न लागेको कोभिडबिरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ बर्ष माथिकालाई राखेको छ । तोकिएको समयमा सम्झौँता अनुसारको खोप नआएपछि यसअघि ५५ बर्ष माथिकालाई दिईने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ बर्ष पुर्‍याएको हो ।

यसअघि सरकारले दुई साता भित्र २० लाख डोज कोभिसिल्ड ल्याईपुर्‍याउने गरी सिरम इन्स्टीच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सिरमले सम्झौँता अनुसार १० लाख डोज पठाएपनि दोस्रो डोज समयमै पठाउन सकेन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले खोपको उपलव्धता अनुसार पहिलो दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ बर्ष माथिकाहरुलाई राखिएको बताए । उनले ८ – १० दिनमा यो उमेर समूहकाले पाईसक्दा थप खोप पनि आईसक्ने भएकोले सोही अनुसार योजना परिवर्तन गरिएको स्पष्ट पारे ।

सिरमले  सम्झौँता अनुसार बुधबारसम्म थप १० लाख डोज पठाउनै पर्ने थियो । तर पठाउन सकेन । अब आउँदो आईतबारसम्म पठाउछु भनेर आश्वासन दिएको छ ।

। यता स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको मन्त्री सचिव, प्रमुख विशेषज्ञ, विज्ञहरु सम्मिलित बैठकले हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुन देखि नै ५५ बर्ष माथिकालाई खोप दिईने बताएको छ ।

महानिर्देशक डा सिंहले शिक्षक प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ बर्ष माथिको उमेर समूहले खोप पाईसकेपछि मात्रै दिने योजना बनाइएको बताए ।

चीनले ८ लाख डोज खोप अनुदानमा दिने, लिन भने नेपालबाट जानुपर्ने


यता छिमेकी मुलुक चीनले कोभिडबिरुद्धको अभियानका लागि ८ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ । यसअघि ५ लाख डोज खोप दिने घोषणा गरेको चीनले पछिल्लो पटक थप ३ लाख थपेर अनुदानमा ८ लाख दिने घोषणा गरेको हो ।

औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडबिरुद्धको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई आपतकालिन प्रयोगका लागि अनुमति दिईसकेको छ । अनुदानमा सोही खोप आउने बताइएको छ । तर खोप लिनका लागि नेपालबाटै जानुपर्ने चिनियाँ पक्षले सर्त राखेको छ ।

मन्त्रालयका एक अधिकारीका चीनले दिने अनुदानको खोप लिनका लागि हवाई जहाज चार्टर गरी पठाउनुपर्ने भएकोले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसंग समन्वय गर्दै रहेको बताएको छ । खोप लिन कहिले जाने भन्ने विषयमा निर्णय भने भईनसकेको सो खोप आएपछि अभियानका लागि थप मद्धत पुग्ने ती अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *