विशेषज्ञको लाइसेन्स परीक्षाको लागि अब अंकभार १२०, उत्तीर्णका लागि ६० नम्बर ल्याउनुपर्ने

काठमाडौँ, २० फागुन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा)को अंकभार बढाएको छ । काउन्सिलको गत १२ फागुनको पूर्ण बैकले आगामी परीक्षा देखि लागू हुने गरी अंकभार १२० पु र्‍याएको छ ।

यसअघि विशेष परीक्षाका लागि १०० अंकभार रहेको थियो ।
नयाँ व्यवस्थासंगै उत्तीर्णाङ्क समेत बढाइएको छ । पहिले ५० अंक ल्याएर लाइसेन्स उत्तीर्ण गर्नेले अब भने ६० अंक ल्याउनु पर्नेछ ।

काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले  भने, ‘पहिले २ घण्टामा १०० पूर्णाङमा दिनुपर्ने हुन्थ्यो र ५० अंक ल्याएपछि उत्तीर्ण भइन्थ्यो । तर अब २० अंक बढ्यो उत्तीर्ण अंक ६० पुग्यो ।’

पहिले कलम लेख्नुपर्ने र अहिले सबै जाँच कम्प्युटरमा आधारित हुने भएकोले केही छिटो हुने निस्कर्षका साथ यसो गरिएको उनले सुनाए । काउन्सिलले कम्प्युटरमा जाँच लिँदा एउटा प्रश्नको उत्तर दिँदा १ मिनेट समय लाग्ने अनुमान गरेर यो निर्णय लिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *