प्रधानमन्त्री ओलीद्धारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन


झापा, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् ।

गत वर्षदेखि  बिर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चचल क्यान्सर अस्पतालको निर्माणकार्य सम्पन्न भएसँगै आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

साथै उनले परिसरमा रहेको शिलालेख अनावरण गरी कक्षहरु अवलोकन पनि गरेका थिए ।

ती सय शय्याको सो अस्पताल रु ६०० करोड भन्दा बढी लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन् । बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा रहेको छ ।

एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *