कर्णाली, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यवहाक उपकुलपति नियुक्त

काठमाडौँ, १६ फागुन ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवहाक उपकुलपतिको जिम्मेवारी डा मंगल रावलले पाएका छन् । सोमबार सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी एशोसिएट प्रोफेसर डा. रावल कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

– डा. मंगल रावल

चारवर्षअघि नियुक्त भएका उपकुलपति प्राडा राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सकिएको थियो । ‘मैले आज पत्र पाएको छु,’ डा रावलले भने ।
हाडजोर्नी विशेषज्ञ डा रावल अहिले प्रतिष्ठान अन्तरगर्तको अस्पताल निर्देशक थिए ।

पाटन र पोखराको कार्यवहाक उपकुलपति रेक्टर र डीन
यसैबीच मन्त्री त्रिपाठीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा डा राजेशनाथ गंगोललाई दिएको छ ।

कार्यबहाकको जिम्मेवारी पाएका डा. गंगोल सर्जन हुन् ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिको पदको जिम्मेवारी डा. नरेन्द्रविक्रम गुरुङलाई दिइएको छ । उनी प्रतिष्ठानमा डिनका रुपमा कार्यरत थिए । डा. गुरुङ पनि सर्जन हुन् ।

कर्णाली, पाटन,  र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पदावधि आइतबार सकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *