भारतीय चिकित्सकको निस्कर्ष – ‘डा. बाबुराम भट्टराईमा देखिएको ट्युमर क्यान्सर होइन’

काठमाडौँ, १७ फागुन । भारतमा स्वास्थ्य परीक्षणका लागि गएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको त्यहाँका चिकित्सकहरुले निस्कर्ष निकालेका छन् ।

वायोप्सी, डीओटीओ एनओसी, ईयुएस, पेट सिटिस्क्यान लगायतका विभिन्न परीक्षणको रिपोर्ट हेरेपछि चिकित्सकले भट्टराईमा देखिएको ट्युमरमा क्यान्सर नभएको निस्कर्षमा पुगेका हुन् । यद्धपी उनीहरुले अहिले देखिएको ट्युमरलाई भने सकेसम्म छिटो निकाल्न सुझाव दिएका छन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले ट्युमरमा क्यान्सर नदेखिएको निस्कर्ष दिएको तर सो ट्युमर ढिला नगरी दुई तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको बताए । उनले यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएको समेत जानकारी दिए ।

अध्यक्ष भट्टराईको गत १० फागुन देखि भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनको प्रोफेसर डाक्टर विक्रम भाटियासँग स्वास्थ्य परीक्षण गराएका थिए ।

अध्यक्ष भट्टराईको मंगलबार (भोली) नेपाल वायुसेवाको जहाजबाट नेपाल नेपाल फर्कने पाण्डेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *