अनुदानमा तत्काल थप ८ लाख २४ हजार डोज कोभिडबिरुद्धको खोप आउँदै

फाइल फोटो

काठमाडौँ, १६ फागुन । नेपालले केही दिनमा थप ८ लाख २४ हजार डोज कोभिड १९ बिरुद्धको खोप अनुदान सहयोगमा पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ लाख डोज चीन सरकारको सहयोगमा र ३ लाख २४ हजार डोज खोप कोभ्याक्स फ्यासिलिटी अन्तरगर्त पाउने भएको हो ।

कोभ्याक्स अन्तरगर्त कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप अनुदानमा आउने भनिएपनि तत्काल भने नेपालले ३ लाख २४ हजार डोज खोप पाउने भएको हो ।

‘हामीले तत्काल चीन सरकार र कोभ्याक्स अन्तरगर्तको ८ लाख २४ हजार डोज खोप प्राप्त गर्ने छौँ । तर कहिलेसम्म खोप आउँछ एकीन दिन भन्ने अवस्था छैनौँ । त्यसैले सम्वन्धित पक्षलाई कहिलेसम्म खोप प्राप्त गर्छौ भनेर डेलिभिर सेड्युल पठाउन भनेर चिठी पठाएका छौँ,’ मन्त्रालयका एक अधिकारीले बताए ।

उनले चीन र कोभ्याक्सलाई गत शुक्रबार नै खोप डेलिभरी सेड्युल चाहियो भनेर पत्र पठाएको जानकारी दिए ।

आगामी २३ फागुन देखि समुदायस्तरमा कोभिडबिरुद्धको खोप लगाउने तयारी थालेको सरकारले यसअघि भारतबाट अनुदान पाएको ५ लाख र त्यहिबाट खरीद गरेको थप २० लाख डोज प्रयोगमा आउने बताएको छ ।

त्यसबाहेक चिनिया खोप र कोभ्याक्सबाट आउने अनुदानको खोप पनि अभियानका लागि सहयोग हुने भन्दै गणना गरेको छ । नेपाल सरकारले अहिले चिनियाँ खोप र भारतको सिरम इन्स्टीच्युटबाट उत्पादित कोभिशिल्ड खोप प्रयोगका लागि अनुमति दिएको छ ।

कोभ्याक्सले सिरमले नै उत्पादन गरेको कोभिसिल्ड पठाउने सम्भावना बढी रहेको पनि ती अधिकारीले जानकारी दिए ।

सरकारले गत १४ माघ देखि कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेको छ । अहिलेसम्म करीब ५ लाख जनताले खोप लगाइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *