बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने


ढाका, १२ फागुन । बङ्गलादेश सरकारले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड–१९ विरूद्धको दोस्रो खोपको मात्रा दिने निर्णय मङ्गलबार गरेको छ ।

बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेकले प्रेस सम्मेलनमा भने, “बङ्गलादेशले फेब्रुअरी ७ मा राष्ट्रव्यापी कोभिड–१९ विरूद्धको खोपको दोस्रो अभियान सुरू गर्छ ।”

बङ्गलादेशमा करीब ३० लाख नागरिकलाई कोभिड–१९ विरूद्धको पहिलो खोपको मात्रा दिइएको छ ।

बङ्गलादेश सरकारले विभिन्न उच्च जोखिम समूहका एक करोड ६० लाख ९० हजार नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने योजना बनाइरहेको उनले बताए ।

बङ्गलादेशमा गत वर्षको मार्चदेखि देशका करिब सबै जिल्लाहरूमा कोभिड–१९ को सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ४४ हजार ११६ व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने आठ हजार ३७४ जनाको मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *