स्वास्थ्य मन्त्रालय परिसरमा धूमपान गरेको पाईए अब कारवाही !

काठमाडौँ, ६ फागुन । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले आफ्नो परिसरमा आई धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्न/ नगराउन आम सर्वसाधारणलाई सचेत गराएको छ ।

बुधबार क्यान्टिन वरपरका क्षेत्रमा सूचना टाँस गर्दै मन्त्रालयले सचेत गराएको हो । जारी सूचनामा आफ्नो परिसर धूमपान तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र भएको स्मरण गराउँदै त्यसको अवज्ञा गर्नेलाई सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १७ बमोजिम कारवाही हुने स्पष्ट पारेको छ ।

नेपाली हेल्थले स्वास्थ्य मन्त्रालय परिसरमै हुन थाल्यो धूमपान शीर्षकमा समाचार प्रकाशित गरेपछि स्वास्थ्य मन्त्रालयले सो कदम चालेको हो । मन्त्रालयका सहसचिव दामोदर रेग्मीले परिसरमा धूमपान गर्नु लज्जास्पद विषय रहेको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्न आवश्यक कदम चाल्ने बताएका थिए ।

सोही अनुसार अहिले सूचना टाँस गरिएको हो ।

तीन बर्ष अघि राज्यमन्त्रीको रुपमा पद्मा अर्यालले नेतृत्व सम्हाल्दा मन्त्रालय छिर्ने व्यक्तिको खल्तीमा भएको सुर्तीजन्य पदार्थ मुल गेटमै फ्याक्नु पर्दथ्यो । पछि स्वास्थ्य मन्त्रीको रुपमा उपेन्द्र यादव आइसकेपछि सो व्यवस्था हटाइएको थियो ।

मन्त्रालयको परिसर पछिल्ला दिनहरुमा सुर्तीजन्य पदार्थका प्रयोगका लागि झनै खुकुलो भएको जस्तो भान हुन्थ्यो । पछिल्लो सूचनाले परिसरमै धूमपान गर्ने आँटमा कमि ल्याउने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *