आजबाट एक साता भित्र तीन लाख व्यक्तिलाई ‘कोभिसिल्ड’ लगाउने योजना

काठमाडौँ, २ फागुन ।  कोरोनाबिरुद्धको खोप अभियान अन्तरगर्त सरकारले आजबाट पहिलो प्राथमिकताको दोस्रो चरण शुरु गर्दै छ । आगामी ८ फागुनसम्मका लागि तय गरिएको यो चरणमा तीन लाख व्यक्तिलाई खोप दिने योजना छ ।

यस चरणमा स्थानीय तहका कर्मचारी देखि जनप्रतिनिधिसम्मले खोप पाउने छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि, जिल्ला स्तरीय सबै सरकारी कार्यलयका कर्मचारीहरु, जिल्लास्तरीय जनपद प्रहरी, सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले आजबाट खोप पाउने छन् । यस्तै जिल्लास्तरीय सार्वजनिक संस्थान र बैंकका कर्मचारी, जिल्ला भित्रका पत्रकारहरुलाई पनि खोप दिईँदै छ ।

डा. गौतले यसपटक पनि यसअघि जस्तै जिल्लास्थित खोप केन्द्र र जिल्लाले तोकेका स्थानमा खोप दिइदै छ । ‘यसअघि जस्तै करीब २०० खोप केन्द्र हुन्छ होला,’ उनले भने ।

यसअघि स्वास्थ्यकर्मी, सफाईकर्मी, बृद्धाश्रम र जेलमा रहेका व्यक्तिहरुलाई खोप दिइएको थियो । यस्तै काठमाडौँ उपत्यकामा पत्रकार, कुटनीतिक नियोग, युएन एजेन्सीका कर्मचारीलाई पनि खोप दिने व्यवस्था मिलाइएको थियो । डा गौतमका अनुसार शुक्रबारसम्म करीब १ लाख ९० हजार व्यक्तिले खोप पाएका छन् ।

भारत सरकारले गत महिना दिएको १० लाख डोज कोभिसिल्ड खोपबाट सरकारले खोप अभियान शुरु गरेको थियो । एक व्यक्तिलाई एक महिनाको अन्तरमा दुई डोज खोप दिनु पर्ने भएकोले सो खोपबाट करीब ५ लाख व्यक्ति समेटिन सक्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *