भारतबाट २० लाख बढी डोज कोरोनाबिरुद्धको खोप तत्काल आउँदै

फाइल फोटो :

काठमाडौँ, २९ माघ । आगामी आइतबारबाट पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोभिड -१९ विरुद्धको खोप दिने योजना अघि सारेको सरकारले भारतबाट थप खोप ल्याउने तयारी गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार यसपटक भारतबाट केही खरीद र केही अनुदानको गरी २० लाख भन्दा बढी डोज खोप नेपाल आउँदै छ । ‘योजना मुताविक काम भयो भने पर्सी नै यो खोप आउँछ,’ स्रोतले भन्यो ।

त्यसो त स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले केही दिन अघि दिएको एक टेलिभिजन अन्तरवार्तामा निकै नै छिटो भारतबाट २० लाख भन्दा बढी डोज खोप आउने बताएका थिए । तर उनले सो खोप खरीद गरि ल्याउने जनाएका थिए ।

स्रोतले भने केही परिमाण खरीदबाट र केही परिमाण भारत सरकारकै अनुदानबाट आउन सक्ने बतायो ।

त्यसो त भारतले यसपटक भारत बायोन्टेकले उत्पादन गरेखेको खोप कोभ्याक्सिन समेत पठाउने योजना रहेको बुझिएको छ । तर त्यसको प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति भने दिइसकेको छैन् ।

‘त्यसैले कोभ्याक्सिन आउने बारेमा अहिले भन्ने अवस्था छैन् ।  हामीले कोभिसिल्ड नै आउछ भन्नेमा छौँ,’ मन्त्रालयका ती अधिकारीले भने ।

सरकारले पहिलो चरणको पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइन हेल्थवर्करलाई खोप दिइसकेको छ ।

अहिले पत्रकार, युएन एजेन्सीका कर्मचारी, दुतावासका कर्मचारी, कुटनीतिक नियोगका कर्मचारीहरुलाई खोप दिइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *